arrow
ADVERTISEMENT

लगातार दोस्रो दिन किभको उर्जा पूर्वाधारमा रुसको आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १ मंगलबार
russian-military-equipment-destroyed-near-kyiv.jpg

काठमाडौं । रुसी हवाई आक्रमणको नयाँ लहरले युक्रेनको राजधानी किभको उत्तरमा रहेको मुख्य ऊर्जा पूर्वाधारहरू सहित युक्रेनका धेरै स्थानहरूमा आक्रमण गरेको छ ।

युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोले मङ्गलबार एउटा अनिर्दिष्ट ऊर्जा केन्द्रमा तीनवटा रुसी आक्रमण भएको बताएका छन् । 

किभका मेयरले आक्रमण महत्वपूर्ण पूर्वाधारमा भएको र आपतकालीन कामदारहरू त्यहाँ गइरहेको बताएका छन् ।

किभमा अझै पनि हवाई चेतावनीका घण्टीहरु बजीरहेको बताइएको छ । पानी र बिजुली आपूर्तिविहीन रहेको उत्तरी सहर जाइटोमिरमा पनि आक्रमणहरू भएको रिपोर्ट गरिएको छ ।

यसअघि सोमबार हिजो रुसले मास्कोमा ड्रोन आक्रमण गरेको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार रुसी सेनाले मनपरी आक्रमण गरिरहेको बताएका छन् ।

उनले दक्षिणी सहर माइकोलाइभको आवासीय भवनमा मिसाइल आक्रमणमा हुँदा एक व्यक्तिको मृत्यु भएको बताएका छन् भने हताहात हुनेको विवरण सार्वजनिक गरिएको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ