arrow
ADVERTISEMENT

काउण्टरअट्याकमा युक्रेन सशक्त, खेरसनमा जटिल स्थिति रहेको रुसी कमाण्डरको स्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
russia-ukraine-kherson.jpg

काठमाडौं । युक्रेनमा रुसी सेनाका नयाँ कमाण्डरले युक्रेनी सेनाले देशको दक्षिणी र पूर्वी क्षेत्रहरू फिर्ता लिन आक्रामक कारबाही अघि बढाएको र मास्कोले केही सातादेखि सर्वसाधारणलाई बाहिर निकाल्ने तयारी गरिरहेको खेरसोन क्षेत्रमा अवस्था 'धेरै कठिन' भएको बताएका छन्।

आक्रमणको नेतृत्व गर्न अक्टोबर १० मा नियुक्त रूसी वायुसेना जनरल सर्गेई सुरोविकिनले खेरसनको अवस्था नागरिक र रूसी सैनिक दुवैका लागि 'धेरै कठिन' भएको बताएका हुन्।

'रूसी सेनाले सबै भन्दा माथि खेरसनको जनसंख्याको सुरक्षित निकासी सुनिश्चित गर्नेछ,' सुरोभिकिनले राज्य टेलिभिजन रोसिया २४ लाई भनेका छन्।

'दुश्मनले रुसी सेनाको स्थानमा आक्रमण गर्ने प्रयास छोडेको छैन,' उनले अघि भनेका छन् ।

यस क्षेत्रका रूसी सेनाहरू पछिल्ला केही हप्ताहरूमा २० देखि ३० किलोमिटर पछाडि धकेलिएका छन् । 
 केही दिनमा रुसी सेना पश्चिमी नीपर नदी जसले युक्रेनलाई विभाजित गर्छ त्यसको किनारमा पुग्न बाध्य हुने स्थितीमा रहेका छन् ।

सुरोविकिनले पूर्वी युक्रेनको कुपियान्स्क र लिमान सहर र माइकोलाइभ र क्रिभिई रिह बीचको उत्तरी खेरसन क्षेत्रका रुसी अड्डाहरू निरन्तर आक्रमणमा रहेको बताएका छन् । यसले खास गरी खेरसोन क्षेत्रमा रुसी सेनालाई अघि बढ्न र पहिले कब्जा गरेको क्षेत्र यथावत राख्न जोखिम सिर्जना गरिरहेको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ