arrow
ADVERTISEMENT

तलब बढाउन भन्दै देशभर उग्र प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
france-protest-oil (1).jpg

काठमाडौं । फ्रान्समा तलब बढाउन माग गर्दै हजारौं मानिसहरू देशभरि सडकमा उत्रिएका छन् । मानिसहरुले हप्ताभरी वाकआउट गरेपछि तेल प्रशोधन केन्द्रहरूलाई अवरोध पुगेर देशभर पेट्रोलको अभाव भएको छ ।

मंगलबार फ्रान्सका दर्जनौं सहरहरूमा यातायात मजदुरहरू र केही हाई स्कूलका शिक्षकहरू एवं सार्वजनिक अस्पतालका कर्मचारीहरूले हडतालसँगै प्रदेशन गरेका छन् ।

फ्रान्समा दशकौंको ठूलो ६.२ प्रतिशतको मुद्रास्फीतिसँगै प्रदर्शनकारी र हडतालकर्ताहरूले तलब वृद्धिको माग गरिरहेका छन् ।

कोरोना भाइरसको महामारी र युक्रेनयुद्धले विश्वभर मूल्यवृद्धी आकासिएको छ । मंगलबारको विरोध प्रदर्शन वामपन्थी सीजीटी युनियनले तलब वृद्धि सम्बन्धी सम्झौतालाई अस्वीकार गरेपछि सुरु भएको थियो ।

सीएफडीटी र सीएफई-सीजीसी फ्रान्सेली कामदारहरुको बहुमत प्रतिनिधित्व गर्ने युनियनहरु ७ प्रतिशत तलबवृद्धिमा सहमतीमा आए पनि सीजीटीले १० प्रतिशत वृद्धिको माग गरेपछि प्रदर्शन चर्किएको हो ।

तेल प्रशोद्धन एवं सो क्षेत्रका कर्मचारीहरु नै प्रदर्शनमा होमिएकोपछि फा्रन्समा इन्धनको अभाव चर्किएको छ । प्रधानमन्त्री एलिजाबेथ बोर्नले देशव्यापी पेट्रोल स्टेशनहरुको एक चौथाई भन्दा कम को कमी भइरहेको बताएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ