arrow

भूकम्पले हल्लायो, लियो सातो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
earthquake-final.jpeg

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पले हल्लाएको छ । एक्कासी आएको ठूलो झड्काले फेरि २०७२ सालको भूकम्प सम्झाएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपाल र चीनको सीमा नजिक उक्त भूकम्पको केन्द्रबिन्दू रहेको बताएका छन् । 

सिन्धुपाल्चोकको सीमा नजिक दिउँसो ३ः०७ बजे ५.९ रेक्टर स्केलको भूकम्प गएको उनले बताए । 

उपत्यकामा मानिसहरु चिच्याएर घर बाहिर निस्केका छन् । कार्यालयबाट पनि बाहिर निस्केर कर्मचारीहरु आत्तिएका छन् । यसले सिन्धुपाल्चाेकसहित वरिपरिका  जिल्लामा पनि झस्काएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ