arrow

राष्ट्रसंघीय महासचिव भारतमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
antonio_guterres-us-general-secretary.jpg

नयाँदिल्ली ।  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार राति भारत आइपुगेका छन् ।
 
महासचिव गुटरेशलाई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजलगायत अन्य अधिकारीले स्वागत गरेका थिए । 

जनवरी २०२२ मा आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि गुटेरेसको यो पहिलो भारत भ्रमण हो । उनले यसअघि अक्टोबर २०१८ मा पनि भारत भ्रमण गरेका थिए ।

भ्रमणको क्रममा महासचिव बिहीबार ‘मिसन लाइफ’ (पर्यावरणका लागि जीवन शैली) पुस्तिका, लोगो र ‘ट्यागलाइन’को विमोचन कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग सामेल सहभागी हुनेछ ।  

विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले महासचिव गुटरेससँग विश्वव्यापी चासोका मुद्दाका साथै  संयुक्त राष्ट्रसङ्गसँग भारतको संलग्नतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्नछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ