- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपरान्ह पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ शिष्टाचार भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार भेटमा उनीहरुबीच नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।