arrow

कांग्रेस र माओवादीको चक्रव्यूँहबाट निस्कन सफल भएँ: उपेन्द्र यादव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । सत्ता गठबन्धनसँगको तालमेल तोडेर नेकपा एमालेसँग तालमेल गरेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादी केन्द्रको चक्रव्यूहबाट निस्कन सफल भएको बताएका छन् । 

सप्तरीक चुनावी प्रचारप्रसारका क्रममा यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोज्ने कांग्रेस र माओवादीको चक्रव्यूहबाट निस्कन सफल बताएका हुन् । 

कांग्रेस र माओवादी केन्द्रले मङ्सिर ४ गते हुने प्रतिनिधि सभामा ९ र प्रदेश सभाका लागि २१ सिट मात्रै दिएर पुरै देशमा गठबन्धनलाई समर्थन गर्ने रणनीतिसहित पार्टीलाई समाप्त पार्न खोजेको उनको आरोप छ ।

जसपाले प्रतिनिधि सभा सदस्य पदमा ८१ र प्रदेश सभामा एक सय ४५ स्थानमा उम्मेदवारी दिएको छ । साथै १७ ठाउँमा प्रतिनिधि सभा र ४२ ठाउँमा प्रदेश सभा सिटमा एमालेसँग तालमेल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ