arrow

२० वर्षपछि पुनः जकार्ताको मस्जिदमा भीषण आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
jakarta-mas.jpg

काठमाडौं ।  इन्डोनेसियाको जकार्ता इस्लामिक सेन्टर ग्रान्ड मस्जिदको विशाल भवनमा भीषण आगलागी भएको छ । भिडियो फुटेजमा मस्जिद भत्किनुअघि गुम्बजबाट आगो र धुवाँ निस्किरहेको देख्न सकिन्छ। आगलागीको कारण भने खुल्न सकेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार  अक्टोबर १९ मा स्थानीय समय अनुसार दिउँसो ३ बजे दुर्घटना भएको हो । दुर्घटनामा कोही पनि घाइते भएको छैन । 

एक अधिकारीका अनुसार गुम्बजमा जीर्णोद्धारको काम भइरहेको थियो । त्यही बेला एक्कासि आगो लाग्यो । यसबारे तत्काल दमकललाई जानकारी गराइएको थियो । 

आगो निभाउन कम्तीमा दश वटा दमकल पठाइएको थियो । घटनास्थलमा पुगेको प्रहरीले आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । मस्जिद मर्मत गर्ने ठेकेदार कम्पनीका चार जना मजदुरलाई सोधपुछ गरिने भएको छ ।

२० वर्षअघि अर्थात् सन् २००२ मा अक्टोबर महिनामा पनि  यस मस्जिदमा आगलागी भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ