arrow

असफल ठानिएकी बेलायती प्रधानमन्त्री लिज ट्रसद्वारा राजीनामाको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
liz-truss-rishi-sunak.jpg

काठमाडौं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले सत्तारुढ कन्जरभेटिभ पार्टीको लिडरबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले ल्याएका नीतिहरुले बेलायती अर्थतन्त्रमा उथलपुथल मच्चाएपछि पदभार सम्हालेको ६ हप्तामै उनले राजीनामाको घोषणा गरेकी हुन् ।

बिहीबार उनको डाउनिंग स्टीट कार्यालय बाहिर बोल्दै ट्रसले कन्जरभेटिभ पार्टीको लिडरका लागि चुनावी प्रतिस्पर्धामा रहेका बेला गरेको वाचा पूरा गर्न नसकेर पार्टीभित्रकै विश्वास गुमाएको स्वीकारेकी छन् ।

'परिस्थितिलाई ध्यानमा राख्दै कन्जरभेटिभ पार्टीले म निर्वाचित हुँदाको जनादेश पूरा गर्न सक्दिनँ। त्यसैले मैले कन्जरभेटिभ पार्टीको लिडरबाट राजीनामा दिँदैछु भनेर जानकारी दिन राजासँग कुरा गरेकी छु,' उनले भनेकी छन् ।

कन्जरभेटिभ पार्टीले बेलायती इतिहासमा सबैभन्दा छोटो समयको प्रधानमन्त्री बन्ने ट्रसलाई प्रतिस्थापन गर्न अर्को हप्ताभित्र नेतृत्वको निर्वाचन गर्नेछ। यद्यपि, विपक्षी लेबर पार्टीले तत्काल आम निर्वाचनको माग गरेको छ ।

'टोरीज(सत्तारुढदल)ले आफ्नो औँलाको भरमा बेलायती जनताको सहमति बिना शीर्षमा रहेका मानिसहरूलाई फेर्दै उनीहरूको गल्तीलाई प्रतिक्रिया दिन सक्दैनन्। अब, हामीलाई आम चुनाव चाहिन्छ,'विपक्षी नेताले एक विज्ञप्तिमा भनेका छन्।

सबैभन्दा छोटो अवधिमा राजीनामा दिने ट्रस नयाँ प्रधानमन्त्री नछानिदासम्म बेलायतकी प्रधानमन्त्री रहने छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ