arrow

रुसले भन्यो- बेलायतकी प्रधानमन्त्री ट्रस 'खतरनाक रूपमा अशिक्षित' थिइन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
Maria Zakharova (1).png

काठमाडौं । रुसको विदेश मन्त्रालयले बिहीबार बेलायती प्रधानमन्त्री लिज ट्रसको राजीनामालाई स्वागत गरेको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ताले खतरनाक रुपमा अशिक्षित लिडरको रुपमा सम्झिइने ट्रसको अपमान भएको बताएकी छन् ।

विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले सामाजिक सञ्जाल पोस्टमा भनेकी छन्,'बेलायतले प्रधानमन्त्रीको यस्तो अपमान कहिल्यै देखेकाे थिएन ।'

युक्रेनयुद्धलाई लिएर रुसमाथि दबाब बढाउन सक्रिय भएयताले मास्कोले ट्रसलाई लक्षित पार्दै कडा टिप्पणी गर्दै आएको थियो ।

ट्रस बेलायती विदेशमन्त्री रहेका बेला युद्ध रोक्ने उद्देश्यको भ्रमणमा गएका बेला रुसका दिग्गज विदेश मन्त्री सर्गेई लाभरोभसँगको भेटमा उनले रुसका दुई क्षेत्र थाहा नपाएर युक्रेनसँग भ्रममा परेकी थिइन् । यो बिषयलाई लिएर ट्रसको चर्काे खिल्ली उडाइएको थियो ।

हाल मास्को र बेलायतबीचको सम्बन्ध दशकौं यताकै कमजोर बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ