arrow

काठमाडौं –८ मा मन्त्री श्रेष्ठसहित ४० उम्मेदवार प्रतिस्पर्धामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ५ शनिबार
jeevanram-shrestha-minister-cultural-tourism-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ मा ४० उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । काठमाडौं क्षेत्र नं ८ बाट दुई प्रदेश सभा र एक प्रतिनिधि सभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ३१ र नौ स्वतन्त्र  उम्मेदवारी परेको काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं ८ प्रदेससभा १ मा दलका तर्फबाट आठ र स्वतन्त्र उम्मेदवार एक गरी नौ उम्मेदवार छन् । प्रदेशसभा २ मा दलतर्फ सात र स्वतन्त्र पाँच गरी १२ उम्मेदवारी परेको छ । क्षेत्र नं ८ को प्रतिनिधिसभा सदस्यका लागि दलका तर्फबाट १६ र स्वतन्त्रबाट तीन गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

प्रदेश १ मा ३० हजार ४९ र प्रदेश २ मा २३ हजार ५७ गरी उक्त क्षेत्रमा जम्मा ५३ हजार एक सय ६ मतदाता रहेको अधिकारीले बताए । जम्मा २३ मतदानस्थल रहेको निर्वाचन क्षेत्र नं ८ भित्र ६१ मतदान केन्द्र निर्धारण गरिएको छ । 

उक्त क्षेत्रमा काठमाडौं महानगरपालिकाका ६ र नागार्जुन नगरपालिकाका दुई वडा समेटिएका छन् । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका वडा नं ४ र ५ समेटिएका छन् ।

यो क्षेत्रबाट प्रतिनिधि सभामा पर्यटन मन्त्री जीवनराम श्रेष्ठ पनि उम्मेदवार रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ