arrow

अमेरिकी र रुसी रक्षामन्त्रीबीच दुर्लभ वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ५ शनिबार
lloyd-austin-shoguie.jfif

काठमाडौं । युक्रेनमा रुसले आक्रमण गरेयता उच्च स्तरीय दुर्लभ वार्ताका रुपमा अमेरिकी र रुसी रक्षा मन्त्रीले फोनकलमा कुराकानी गरेका छन् ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र उनका रुसी समकक्षी सर्गेई शोइगुबीच शुक्रबार कुराकानी भएको दुवै देशले पुष्टि गरेका हुन् । दुवै पक्षले युक्रेनको अवस्थाबारे छलफल भएको बताएका छन् ।

गत मे १३ मा भएको फोन कलपछि दुवै देशका रक्षामन्त्रीहरुबीच यो पहिलो पटक भेटवार्ता भएको हो ।

शुक्रबारको कलपछि पेन्टागन प्रेस सचिव ब्रिगेडियर जनरल प्याट राइडरले अमेरिकी सञ्चारको बाटो खुला राख्न तयार रहेको बताएका छन् ।

'यो मे महिनापछि दुई जेन्टलम्यानहरुबीच कुरा भएको हो, रक्षा मन्त्री अस्टिनले आज मन्त्री शोइगुसँग सम्पर्क गरेका हुन्', उनले भनेका छन् ।

रुसको रक्षा मन्त्रालयले युक्रेनको अवस्था सहित अन्तर्राष्ट्रिय सुरक्षाका वर्तमान प्रश्नहरूबारे छलफल गरिएको बताएको छ ।

गत मेमा अमेरिकी रक्षामन्त्री अस्टिनले आफ्ना समकक्षीलाई तत्काल युद्धविराम गर्न आग्रह गरेका थिए । यद्यपि, यस पटक यो कुरा उल्लेख गरिएको छैन ।

विशेषरुपमा हेरिएको यो वार्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्ने रणनीति अपनाउन थालेपछि र अमेरिकी राष्ट्रपति जो बाइडेनले दिएको चेतावनीपछि भएको हो ।

अमेरिका र बेलायत दुवैका अधिकारीहरूले पुटिनले धम्की दिए पनि आणविक हतियार प्रयोग गर्ने सम्भावना कम रहेको बताएका छन् । रुसले आणविक हतियार प्रयोग गर्न खोज्न थाले अनुसार वार्ता भएको हो कि भनेर सोध्दा ह्वाइट हाउसका प्रेस सचिव ब्रिगेडियर जनरल प्याट राइडरले पुटिनको संकेत गैरजिम्म्ेवार र चिन्ताजनक भएको यद्यपि, रुसले आणविक हतियार प्रयोग गर्ने निर्णयको अहिले कुनै संकेत नदेखिएको भन्दै जवाफ दिएका छन् ।

पहिले नै चिसो र अमेरिका र रुसबीचको सम्बन्ध युक्रेनयुद्धपछि झनै चिसिएको छ । यद्यपि, रुसी राष्ट्रपति भ्लादिमिर पुछिनले युक्रेनमा आक्रमण गर्नुअघि धेरै पटक पुटिनसँग फोनवार्ताको गरेका थिए । दुवै नेताहरु आउँदो महिना इन्डोनेसियामा हुने जी२० सम्मेलनमा सहभागी हुने छन्, यद्यपि, उनीहरुबीच भेट एवं वार्ता हुने कुरा संकेत भने छैन ।

पुटिनले आणविक हतियार प्रयोग गर्नसक्ने चेतावनी दिएका बेला अहिले रुसी र अमेरिकी रक्षा मन्त्रीहरुबीचको भेटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ