arrow

बेलायतको प्रधानमन्त्री बन्ने दौड: सुनक र जोनसनले गरे फेस-टु-फेस वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
rishi-sunak-uk-british.jpg

काठमाडौं । बेलायतको सम्भावित नयाँ प्रधानमन्त्रीका दाबेदार ऋषि सुनक र बोरिस जोनसनले फेस टु फेस (आमनेसामने)वार्ता गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

शनिवार अबेरमा दुवै जनाबीच सरकार गठनमा भइरहेको उतारचढावकाबीच महिनौँ यता पहिलो पटक आमनेसामने वार्ता भएको बीबीसी र सन्डे टाइम्सले रिपोर्ट गरेको छ । 

यसअघि विभिन्न स्क्यान्डलका कारण पदबाट बाहिरिएका बेलायतका पूर्व प्रधानमन्त्री फेरि प्रधानमन्त्री बन्ने दाउमा क्यारेबियनको छुट्टी नसकेर लन्डन फर्किएका हुन् ।

जोनसन पदमुक्त भएपछि प्रधानमन्त्री बनेर ४५ दिनमा राजीनामाको घोषणा गर्ने ट्रसलाई प्रतिस्थापन गर्नका लागि कुनै पनि नेताले घोषणा गरिसकेका छैनन् । प्रधानमन्त्रीको दाबेदारी बन्न सत्तारुढ कन्जरभेटिभका १०० सांसदको समर्थनसहित सोमबार नाम दर्ता गराइसक्नु पर्नेछ ।

द सनले गोप्य शिखर सम्मेलन भनेर डब गरेको भेट बारेका केही विवरणहरूले  कन्जरभेटिभ पार्टीको गृहयुद्धबाट बच्न संयुक्त टिकटमा सहमत हुन दुवैबीच छलफल भइरहेको बताइएको छ ।

जोन्सनको ५३ को तुलनामा सुनक हाल १२८ सांसदको सार्वजनिक समर्थनको साथ दौडमा अगाडि रहेका छन् । प्रधानमन्त्रीको दौडमा औपचारिक रूपमा आफ्नो घोषणा गर्ने पूर्व रक्षामन्त्री पेनी मोर्डन्टले करिब २३ जनाको समर्थन पाएकी छन् ।

एक साता मात्र लाग्ने गरी नेतृत्व प्रतिस्पर्धालाई तीव्रता दिइएको छ । नियम अनुसार केवल तीन उम्मेदवारहरू सोमबार दिउँसो विधायकहरूको पहिलो मतपत्रमा पुग्न सक्षम हुनेछन् । अन्तिम दुईलाई शुक्रवार १ लाख ७० हजार कन्जरभेटिभ पार्टीका सदस्यहरूले मत दिँदै एक जनालाई विजयी बनाउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ