arrow

युक्रेनले रेडियोधर्मी बम प्रयोग गर्न खोजिरहेको रुसी दाबी अमेरिकाबाट अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ७ सोमबार
russia-moscow-ukraine-kiev.jpg

काठमाडौं । युक्रेनले रुससँग चलिरहेको द्वन्द्वमा ‘डर्टी बम’ प्रयोग गर्न तयार रहेको दाबी गर्ने सबै रिपोर्टलाई संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अस्वीकार गरेका छन् । 

रुसका रक्षामन्त्री सर्गेई शोइगुले शुरुमा आफ्नो बेलायती, फ्रान्सेली र टर्कीका समकक्षीहरूसँगको फोन कलमा यस्तो दाबी गरेका थिए ।

युक्रेनी विदेश सचिव दिमिट्रो कुलेबासँगको कुराकानीमा ब्लिन्केनले भनेका छन्, 'रुसले यस आरोपलाई युद्ध बढाउने बहानाको रूपमा प्रयोग गर्ने कुनै पनि प्रयासलाई विश्वले देख्नेछ ।'

कुलेबाले चलिरहेको द्वन्द्वको बीचमा 'बेतुका' र 'खतरनाक' दाबीहरू गरेकोमा रुसको आलोचना पनि गर्दै भनेका छन्, 'रुसीहरूले प्रायः आफूले योजना गरेको कुरा अरूलाई आरोप लगाउँछन्।'

यस्तै युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि रुसी मिथ्या एवं भ्रामक समाचारविरुद्ध उभिन विश्व लिडरहरुलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालबाट भिडियो सम्बोधन गर्दै जेलेन्स्कीले भनेका छन्, यदि रुसले युक्रेनले यस्तो केही गर्ने तयारी गरिरहेको छ भनेर भन्छ भने रुसले त्यसको तयारी गरिसकेको हुन्छ ।

युक्रेनले सन् १९९० मा न्युक्लियर बमहरु त्यागेयता युक्रेनले त्यस्तो कुनै पनि रेडियोएक्टिभ हतियार नराखेको बताइन्छ । एक परम्परागत बम जसमा रेडियोधर्मी पदार्थ हुन्छ त्यस्तो बमलाई डर्टी बम भनिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ