arrow

नागरिकलाई तत्काल युक्रेन छाड्न भारतीय दूतावासको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ९ बुधबार
indian-embassy-ukraine.jpg

काठमाडौं । युक्रेनमा रहेका सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छाड्न भारतीय दूतावासले आग्रह गरेको छ । युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै मङ्गलवार किएभस्थित दूतावासले एक एडभाइजरी जारी गरेको हो । 

भारतीय दूतावासद्वारा जारी एडभाइजरीमा भनिएको छ ,' बिग्रिएको सुरक्षा अवस्था र युक्रेनमा हालै बढेको शत्रुतालाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई युक्रेन यात्रा नगर्न सल्लाह दिइन्छ । हाल युक्रेनमा रहेका विद्यार्थीहरूसहित भारतीय नागरिकहरूलाई उपलब्ध माध्यमबाट चाँडो भन्दा चाँडो युक्रेन छोड्न सल्लाह दिइन्छ।’

रुस-युक्रेन द्वन्द्व चर्किँदै गर्दा भारतीय दूतावासले एडभाइजरी जारी गरेको हो । यसअघि गत बुधवार भारतीय दूतावासले एडभाइजरी जारी गरेको थियो । एडभाइजरीपछि केहीले युक्रेन छाडिसकेको जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ