arrow

सन् २०३५ देखि पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ताव पारित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १२ शनिबार
european-union_1618032671.jpg
तस्बिर – फाइल ।

काठमाडौं । युरोपेली संघ (ईयू) ले सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न डिजेल र पेट्रोलबाट चल्ने कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान युरोपेली संघका देशहरू सहमत भएका हुन् ।

उक्त प्रस्तावसम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने युरोपेली आयोग, कानून पारित गर्ने युरोपियन संसद र कार निर्माता कम्पनी पनि २०३५ देखि डिजल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन् ।

नयाँ उत्पादित कारले सन् २०२१ को तुलनामा २०३० सम्म ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा कटौती गर्नुपर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ