arrow

युक्रेनी विदेशमन्त्रीले इरानी समकक्षीलाई भने- रुसमा हतियार पठाउन रोक्नुस्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १२ शनिबार
ukraine-nato-bid-zelensky.jpg

काठमाडौं । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले इरानका विदेशमन्त्री होसेन अमीराबदुल्लाहियानसँग फोनमा कुराकानी गरेको बताएका छन् । फोनवार्ताका क्रममा तेहरानलाई रुसमा हतियार पठाउन रोक्न आग्रह गरेकोसमेत उनले बताएका छन् ।

युक्रेनी अधिकारीहरू र तिनीहरूका पश्चिमी सहयोगीहरूले इरानले रुसलाई तथाकथित कामिकाजे ड्रोनहरू उपलब्ध गराएको आरोप लगाएका छन् । यी ड्रोनहरुको आक्रमण गर्दै रुसले युक्रेनी पूर्वाधारहरुको विनाश गरेको आरोप लागेको छ ।

इरानले भने रुसमा ड्रोनलगायतका कुनै पनि हतियार पठाएको भन्ने कुरा अस्वीकार गरेको छ । 'आज मैले इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसँग फोनमा कुरा गरेँ । मैले इरानलाई युक्रेनमा नागरिक मार्न र महत्वपूर्ण पूर्वाधार नष्ट गर्न रुसलाई हतियारको प्रवाह तुरुन्तै बन्द गर्न आग्रह गरेको छु,' युक्रेनी विदेशमन्त्री कुलेबाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

किभका अनुसार रुसले इरान निर्मित शाहेद १३६ आक्रमण ड्रोन प्रयोग गरेर त्यहाँ आक्रमण गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ