arrow

युद्धमा पठाउन तीन लाख सेना तयार गरिसकेको रुसको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १२ शनिबार
russia-moscow-ukraine-kiev.jpg

काठमाडौं । रुसले युक्रेनसँगको जारी युद्धमा पठाउनका लागि घोषणा गरेको सैन्य परिचालन अन्तर्गत तीन लाख रिजर्विस्टलाई बोलाउने काम सकिएको र झन्डै एक चौथाई भन्दा बढी युद्धमैदानमा तैनाथ भइसकेको बताएको छ ।

शुक्रबारको यो घोषणासँगै विवादित नागरिक परिचालन अभियान सकिएको संकेत देखिएको छ । क्रेमलिनमा भएको टेलिभिजन बैठकका क्रममा रक्षामन्त्री सर्गेइ शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भनेका छन्, '३ लाख मानिसहरूलाई परिचालन गर्ने तपाईद्वारा तय भएको काम पूरा गरिसकेका छन् । थप कुनै योजनाबद्ध उपायहरू छैनन् ।'

यस्तै उनले ८२ हजार सैनिकलाई युद्धभूमिमा पठाइसकेको र बाँकी तालिमका क्रममा रहेकोसमेत बताएका छन् । पुटिनले यसरी परिचालित भएका सैनिकहरुलाई उनीहरुको कर्तव्यप्रति र रुस र रुसी नागरिकको रक्षाका लागि गरेको समर्पणका लागि कृतज्ञता व्यक्त गरेका छन् ।

उता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार रुसको घोषणाको मस्यौदा पूरा भएकोमा शंका व्यक्त गर्दै मास्कोको सेनाको कमजोर प्रदर्शनको अर्थ थप पुरुषहरू आवश्यक हुन सक्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ