arrow

रुसले खाद्यान्न आपूर्ति रोकेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
black-sea-russia.jpg

किएभ । करिब दश महिनाअघि क्रेमलिनले युक्रेनको असैनिकीकरणविरुद्ध विशेष सैन्य अभियान घोषणसँगै किएभमाथि आक्रमण गरेपछि विश्वव्यापी रूपमा खाद्यान्न सुरक्षा जोखिम बढिरहेका बेला युक्रेनी अनाज आपूर्ति चक्रमा अवरोध नगर्न संयुक्त राष्ट्रसङ्घसँगको मध्यस्थतामा गरिएको सम्झौता रूसले अस्वीकार गर्ने जनाएपछि संसारभर भोकमरीको जोखिम बढाएको छ । 

रुसले युक्रेनको अन्न सम्झौता निलम्बन गरेकोमा विश्वव्यापी चिन्ता व्यक्त भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी अन्न बोक्ने जहाजहरूलाई सुरक्षित मार्ग नदिएकामा आपत्ति जनाउँदै त्यसलाई क्रेमलिनको अर्थहीन एवम् अपमानजनक कदम भनेका छन् । 

युक्रेनले कब्जा गरेको क्राइमियाको तटमा रसियाको ब्ल्याक सीमा शनिवार ड्रोन हमला गरेको आरोप लगाउँदै रूसले  सम्झौता नमान्ने बताएको छ । तीन सय ९७ पानी जहाजबाट नब्बेलाख टन अन्न आपूर्तिमा अवरोध नगर्ने राष्ट्रसङ्घसँगको सम्झौता भङ्ग गरेकामा अमेरिकी राष्ट्रपतिले क्रेमलिनको कदम अपमानजक भएको बताएका हुन् ।

युक्रेनको बन्दरगाहबाट अनाजले भरिएका एक सय ७६ वटा जहाजलाई गन्तव्यतर्फ जान दिइएको छैन । सत्तरी लाख उपभोक्ताको खाना रोकेकामा तीव्र रोष प्रकट गर्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले क्रेमलिनका केही मुट्ठीभर मानिसले इजिप्ट वा बङ्गलादेशका मानिसको खानाको निर्णय गर्न नसक्ने बताएका छन् । 

रुसको यो कदमको अन्तर्राष्ट्रियरूपमा निन्दा भइरहेको छ । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले निर्णय फिर्ता लिन आग्रह गरेका छन् भने संयुक्त राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले विश्व संस्था राष्ट्रसङ्घ रूसी अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएका छन् । उनले अनाज आपूर्तिका प्रयासमा कुनै पनि पक्षबाट बाधा पुर्‍याउन नहुनेमा जोड दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ