- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारत र फ्रान्सका वायुसेना राजस्थानको मरुभूमिमा युद्ध अभ्यासमा जुटेका छन् । राजस्थानको मरुभूमि क्षेत्रको जोधपुर एयर बेसमा फ्रान्सेली वायु र भारतीय वायुसेनाले सातौँ 'गरुड' द्विपक्षीय अभ्यासमा गरिरहेका छन् ।
अक्टोबर २६ बाट शुरु भएको अभ्यास नोभेम्बर १२ सम्म चल्नेछ। यस अभ्यासले दुवै देशका वायु सेनाबीच रक्षा सम्बन्ध, द्विपक्षीय सञ्चार र परिचालन दक्षता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
अभ्यासमा फ्रान्सको तर्फबाट चार राफेल लडाकु विमान, ए-३३० मल्टि-रोल ट्याङ्कर ट्रान्सपोर्ट विमान र २२० सदस्यको प्रतिनिधिमण्डल सहभागी भएको बताइएको छ। अर्कोतर्फ भारतसँग एसयू–३० विमान, राफेल, तेजस र हल्का लडाकु हेलिकप्टर र विमान वाहक छन् ।