उत्तर कोरियाले क्षेप्यास्त्र हान्यो, जापानी नागरिकलाई सुरक्षित स्थानमा जान आदेश
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
1.1k
Shares
काठमाडौं । उत्तर कोरियाले बिहीबार एक असफल भनिएको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) सहित धेरै मिसाइलहरू प्रक्षेपण गरेको छ ।
उत्तर कोरियाको मिसाइल प्रक्षेपणको खतरा ठान्दै जापान सरकारले देशको उत्तरी र मध्य भागका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सर्न आदेश समेत दिएको छ ।
बिहीबारको प्रक्षेपण हालैका महिनाहरूमा उत्तर कोरियाली हतियार परीक्षणहरूको शृङ्खलामा सबैभन्दा नयाँ हो जसले यस क्षेत्रमा तनाव बढाएको छ ।
मङ्गलवार प्योङयाङले २० भन्दा बढी क्षेप्यास्त्रहरू प्रहार गरेको एक दिन पछि बिहीबार फेरि यी मिसाइल प्रक्षेपण गरेको हो ।
मङ्गलवार दक्षिण कोरियाको तटमा उत्तरले पहिलो पटक मिसाइल हानेको थियो । यसको प्रतिक्रियामा सियोलले हावाबाट जमिनमा मार हान्ने मिसाइल प्रहार गरेको थियो ।
सुरुमा यो मिसाइल जापानमाथि उडेको भनिए पनि यो अनुमान गलत भएको छ । यसअघि बिहीबार बिहानै प्रधानमन्त्री फुमियो किशिदाको कार्यालयले मियागी, यामागाटा र निगाताको उत्तरी र मध्य प्रान्तका बासिन्दाहरूलाई फर्म भवन वा भूमिगत शरण लिन निर्देशन दिएको थियो।
ती क्षेत्रहरूमा बुलेट ट्रेन सेवाहरू केही समय अघि पुनः सुरु हुनु अघि मिसाइल चेतावनी पछि अस्थायी रूपमा निलम्बित गरिएको थियो। कोरियाली प्रायद्धिपमा दक्षिण कोरिया, जापान र अमेरिकी सक्रियताले उत्तर कोरियाले पनि सजग रहने सङ्केतसहित मिसाइल प्रहार बढ्दै गएको छ ।