- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्देशनमा नर्ड स्ट्रिम ग्यास पाइप लाइनमा आक्रमण भएको आरोप रुसले लगाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राष्ट्रपति बाइडेनको निर्देशनमा बेलायतले सेप्टेम्बरमा नर्ड स्ट्रिम ग्यास पाइप लाइनमा आक्रमण गरेको दाबी गरेका हुन् ।
पेस्कोभले रुसी गुप्तचर एजेन्सीका अधिकारीहरूले पूर्व बेलायती प्रधानमन्त्री लिज ट्रसको मोबाइल फोनको डाटा हात लागेको समेत बताएका छन्। रुसले यसअघि सेप्टेम्बरमा जर्मनी नजिक भएको आक्रमणमा बेलायती सैन्य विज्ञहरूको संलग्नता रहेको भन्दै आएको छ । 'ट्रसको फोन डाटाबाट यो प्रष्ट हुन्छ कि यो हमला अमेरिका र बेलायतले संयुक्त रूपमा गरेको हो ।' पेस्कोभका भने, ‘आक्रमण लगत्तै तत्कालीन बेलायती प्रधानमन्त्री लिज ट्रसले अमेरिकी रक्षामन्त्री एन्टोनी ब्लिन्केनलाई सन्देश पठाएकी थिइन्, ‘इट्स डन’।
तर बेलायत र अमेरिका दुवैले रुसको आरोप अस्वीकार गरेका छन् । बेलायती विदेशमन्त्री जेम्स क्लिभरलीले रुसले हार पचाउन सकी नरहेको बताएका छन् । 'बेलायत अब रुसका यी चालबाजीमा फस्ने वाला छैन। रुसले युद्धमा भएको पराजयबाट ध्यान हटाउन आफ्ना जनतालाई भ्रममा पार्न यस्ता प्रयास गरिरहेको छ ।' उनले भने ।
यसै क्रममा एक बेलायती अधिकारीले ट्रसको फोन ह्याक भएको स्वीकार गर्दै ट्रस प्रधानमन्त्री हुनुअघिको कुरा भएको बताए ।'त्यति बेलासम्म ट्रस बेलायतको विदेशमन्त्री थिइन् र नर्ड स्ट्रिममाथि आक्रमण भएको थिएन।'