arrow

प्रधानमन्त्री देउवा डडेल्धुरामा, स्वागत गर्न प्रतिस्पर्धी सागर ढकाल पनि लाइनमा

logo
सुनिल आउजी, 
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
dadeldhura-election-2079-waiting.jpg

धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारका लागि गृह जिल्ला डडेल्धुरा पुगेका छन् । निर्वाचन आयोगको स्वीकृति लिएर बुधबार धनगढी पुगेका देउवा बिहीबार दिउँसो हेलिकोप्टरमार्फत डडेल्धुरा पुगेका हुन् । 

डडेल्धुरामा वाम लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शनसहित आमसभा गर्दैछ । जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा डडेल्धुरा आएका हुन् ।

सदरमुकाममा आयोजित सभास्थलमा प्रधानमन्त्री देउवासँगै चुनावी प्रतिस्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि देउवाको स्वागतका लागि हातमा माला समाएर उभिएका छन् । उनको त्यो फोटो सामाजिक संजालमा भाइरल भएको छ ।

ढकालले यसपटक देउवालाई स–सम्मान बिदा गर्न भन्दै आफूले उनीविरुद्ध उम्मेदवारी दिएको बताएका छन् । कतिसम्म भने उनले देउवालाई पराजित गरे दुई दिनसम्म उपवास बस्ने वाचासमेत गरेका छन् ।

पछिल्लो समय उनी डडेल्धुरामा घरघर पुगेर भोट मागिरहेका छन् । मतदाताले आफूलाई भव्य स्वागत गरेको र आफूले जित्ने बताउँदै आएका छन् । 

तर देउवालाई हराउन मैदानमा उत्रिएका ढकाल उनकै स्वागतमा फुलमाला लिएर लाइनमा बसेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले आफूले देउवालाई प्रधानमन्त्रीका रूपमा स्वागत गर्न लाइनमा बसेको प्रतिक्रिया दिएका छन् ।

देउवा चार दिनसम्म गृहजिल्लामा बसेर मतदाता भेटघाट गर्ने कार्यक्रम छ । उनी २० कात्तिकमा काठमाडौं फर्कने छन् । देउवाविरुद्ध कांग्रेस वीपीबाट कर्ण मल्लले पनि उम्मेदवारी दिएका छन् । 

यस्तै प्रधानमन्त्री गृहजिल्ला आएपछि डडेल्धुराको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। देउवा चार दिन जिल्लाका विभिन्न चुनावी सभामा सहभागी हुने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ