arrow

हिमालयनले थाल्यो भैरहवाबाट उडान, हप्तामा सातै दिन भर्ने योजना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
himalaya-airlines-bhairahawa.jpg

काठमाडौं । हिमालय एयरलाइन्सले बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ ।  जहाजले बिहीबारै भैरहवाबाट १३८ जना यात्रु लिएर मलेसिया गएको छ । 

कम्पनीले बिहीबारबाट मलेसियातर्फ उडान सुरु गरेको हिमालयन एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार अब काठमाडौं-मलेसिया, भैरहवा- मलेसिया उडान सुरु भएको छ ।

कम्पनीले भैरहवाबाट उडान गर्ने वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय दरभाउ मै हवाई इन्धन उपलब्ध गराइदिन प्राधिकरणसमक्ष आग्रह गरेको छ । कम्पनीले एयरबस ३२० को जहाजमार्फत उडान भरेको थियो । हिमालयन एयरलाइन्सले हप्तामा सातै दिन उडान भर्ने योजना बनाइरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ