arrow

एनलेसले कसैसँग अनैतिक लेनदेन नगरेको दावी

logo
प्रकाशित २०७२ मंसिर १८ शुक्रबार

काठमाडौ । नेपाली मिडियामा आएको समाचारमा ध्यान आकर्षण भएको एनसेलले जनाएको छ । यस कम्पनीले आफ्नो सेयर होल्डरहरुलाई नाफाको अंश उपलब्ध गराउनका लागि सरकारी कर्मचारीलाई वा अन्य कुनै कार्यका लागि पनि कसैसंग अनैतिक लेनदेन नगरेको र कसैले यसको लागि दबाव पनि नदिएको एक बिज्ञप्ती निकालेर स्पष्ट पारेको बताएको छ ।

यस कम्पनीलाई घुषका लागि दबाव दिइएको र त्यसो नगर्दा “कम्पनीको सेयर बेच्न बाध्य पारिएको” भन्ने जस्ता आरोपहरु पूर्णत निराधार भएको भन्दै खण्डन गरेको छ । एनसेलले ट्रान्सपेरेन्सी इन्टरनेसनलको सदाचार प्रतिबद्वतामा समेत हस्ताक्षर गरेको छ र व्यवसायमा नैतिकता तथा पारर्दशिताका साथ काम गर्न प्रतिबद्व छ ।

आफ्नो माउ कम्पनी टेलियासोनेराका साथ एनसेलले आफ्नो हरेक कार्य क्षेत्रमा सुसासन तथा जवाफदेहिता सुनिश्चित गर्दै आएको समेत बताएको छ । एनसेलले देशको हरेक क्षेत्रमा असल व्यवसायिक संकारको प्रबर्धन गर्ने हेतुले सन् २०१४ देखि ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपाललाई एक कार्यक्रममा सहयोग पनि पुर्याउदै आएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ