arrow

कोरियाली प्रायद्धीपमा तनाव: अमेरिकी सुपरसोनिक बमवर्षकसहित सयौं लडाकु विमान उडे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
US-to-fly-supersonic-bomber-in-show-of-force-against-NKorea.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाको अत्यधिक मिसाइल प्रक्षेपणविरुद्ध आफ्नो सहयोगी दक्षिण कोरियासँग मिलेर सुपरसोनिक बमवर्षकसहित सयौं विमानको उडान भरेको छ ।

उत्तर कोरियालाई डराउनको लागि गरिएको शक्ति प्रदर्शनमा अमेरिकाले दक्षिण कोरियाको आकाशमा सयौं विमानको उडान भरेको छ । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको वायुसेनाको संयुक्त अभ्यासको अन्तिम दिनका रुपमा शनिबार एक बी–१ बी बमवर्षकले पनि उडान भरेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाले उत्तर कोरियाले चार वटा छोटो दुरीका मिसाइल पनि समुद्रमा प्रहार गरेको जनाएको छ । २४० युद्ध विमान र दुवै देशका अत्याधुनिक एफ ३५ फाइटर जेटसहितको शक्ति प्रदर्शनले उत्तर कोरियाबाट आक्रामक प्रतिक्रिया पाएको छ ।

उत्तर कोरियाले यसहप्ता कयौं मिसाइल प्रहार गरेको थियो, जसमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम)समेत समावेश थियो । आईसीबीएमको प्रहारले उत्तरी जापान र दक्षिण कोरियाली टापुका नागरिकलाई सुरक्षित वास्थानतर्फ जान बाध्य पारेको थियो ।

उत्तर कोरियाको विदेश मन्त्रालयले शुक्रबार ती सैन्य कारबाहीहरूलाई सतर्क आँधी अर्थात् अमेरिकी 'सैन्य टकराव उन्माद'को प्रदर्शनको लागि उपयुक्त प्रतिक्रियाको रूपमा वर्णन गरेको छ ।

प्योङयाङले उत्तर कोरियाले आफ्नो सार्वभौमसत्ता वा सुरक्षा हितमा हनन गर्ने 'शत्रु शक्तिहरू' को कुनै पनि प्रयासको ूसबैभन्दा कडा प्रतिवादू संग जवाफ दिने बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ