arrow

अफ्रिकाको सबैभन्दा ठूलो तालमा विमान खस्यो

मृत्यु हुनेको सङ्ख्या १९

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
binman-pro.jpg

काठमाडौं । अफ्रिकाको सबैभन्दा ठूलो ताल भिक्टोरियामा प्रेसिजन एयरको विमान दुर्घटना भएको छ । तान्जानियाको बुकोबा विमानस्थलमा अवतरण गराउने क्रममा विमान तालमा खसेको हो । 

 दुर्घटनामा  परी १९ जनाको मृत्यु भएको छ भने २६ जनालाई अस्पताल भर्ना गरिएको छ । विमानमा ४९ जना यात्रु सवार रहेको दाबी गरिएको छ । खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ ।  विमानस्थल र तालको दुरी नजिकै रहेको छ। 

विमानस्थलमा अवतरणका लागि झर्दै गर्दा विमान पानीमा डुबेको देखेको विमानस्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन् ।

राजधानी दार एस सलामबाट उडान भरेको विमान आँधी र भारी वर्षाका कारण भिक्टोरिया तालमा दुर्घटनाग्रस्त भएको तान्जानिया ब्रोडकास्टिङ कर्पोरेशन (टीबीसी) ले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ