arrow

अर्बपति मुकेश अम्बानीले ६५ अर्ब लगानी गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
Nita-and-Mukesh-Ambani.jpg

काठमाडौं । भारतीय व्यवसायी तथा एशियाका दोस्रो धनी व्यक्ति मुकेश अम्बानीले विदेशी कम्पनी किन्ने तयारी थालेका छन् । अम्बानीको रिलायन्स इन्डस्ट्रिजले करिब ५० करोड युरो (६४ अरब ५६ करोड नेपाली रुपैयाँ) मा विदेशी कम्पनी किन्ने सम्झौता गर्ने तयारी थालेको हो ।

पीटीआईका अनुसार रिलायन्सले जर्मन रिटेल कम्पनी मेट्रो क्यास एण्ड क्यारीको भारतमा फैलिएको व्यवसायलाई अधिग्रहण गर्ने योजना बनाएको हो । 

सम्झौतामा ३१ थोक वितरण केन्द्र, भूमि बैङ्क र मेट्रो क्यास एण्ड क्यारीको स्वामित्वमा रहेका अन्य सम्पत्तिहरू समावेश छन्। 

अरबपति अम्बानीको नेतृत्वमा रहेको रिलायन्स इन्डस्ट्रिज र मेट्रो बीच विगत केही महिनादेखि छलफल चलिरहेको थियो । गत हप्ता मात्र जर्मन कम्पनीले रिलायन्स रिटेलको प्रस्तावमा सहमति जनाएको छ। 

तर मेट्रो र रिलायन्स इंडस्ट्रीजले सम्झौताका विषयमा खुलाएका छैनन् । 



नयाँ