arrow

पुटिन जी-२० सम्मेलनमा सहभागी नहुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
putin-kazakhstan-2022.jpeg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को हप्ता हुने जी-२० का नेताहरूको शिखर सम्मेलनमा सहभागी नहुन सक्ने उनका इन्डोनेसियाली समकक्षी एवं प्रमुख २० अर्थतन्त्रहरूको समूहका आयोजक जोको विडोडोले सोमबार सञ्चार माध्यमहरुसँग भनेका छन् ।

जोकोले गत हप्ता पुटिनसँगको कुराकानीले उनलाई बलियो छाप दिएको भन्दै रुसी नेता बालीमा हुने बैठकमा भाग नलिने टिप्पणी गरेका हुन् । बालीमा हुने जी-२० सम्मेलनमा युक्रेनमा रुसको आक्रमणलाई लिएर तनाव हावी हुने अपेक्षा गरिएको छ ।

इन्डोनेसियाको विदेश मन्त्रालय र राष्ट्रपतिको दरबारले यस विषयमा टिप्पणीको लागि तत्काल कुनै प्रतिक्रिया नदिएको रोयर्टसले जनाएको छ ।

जी २० को आयोजकको रूपमा इन्डोनेसियाले रुसलाई नेताहरूको शिखर सम्मेलनमा निमन्त्रणा नगर्न र यसलाई समूहबाट निष्कासन गर्न भन्दै पश्चिमी देशहरू र युक्रेनबाट दबाबको प्रतिरोध गरिरहेको छ । यद्यपि समूहका सबै सदस्यहरूबीच सहमति बिना त्यसो गर्ने अधिकार छैन ।

विडोडोले फाइनान्सियल टाइम्ससँगको एक अन्तर्वार्तामा रुसलाई शिखर सम्मेलनमा स्वागत गर्ने भन्दै अहिले रुस अन्तर्राष्ट्रिय तनावमा धेरै चिन्ताजनक वर्द्धिले ओझेलमा परेको उनको भनाइ छ ।

'जी२० को अर्थ राजनीतिक फोरम होइन, यो अर्थशास्त्र र विकासको बारेमा हो,' उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ