arrow

चीनमा फेरि बढ्न थाल्यो कोभिड सङ्क्रमण, ८ लाख मान्छे प्रभावित

logo
एजेन्सी,
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
china-shanghai-corona.jpg
फाइल तस्बिर

बेइजिङ। वैश्विक महामारी कोभिडले एकपल्ट फेरि चीनमा सङ्क्रामक रूप लिइरहेको छ। कोरोना सङ्क्रमणको मामिलामा बढोत्तरीपछि चीनको वुहानदेखि लिएर उत्तर पश्चिममा जिनिङसम्म कोभिड प्रतिबन्धहरू बढाइएको छ। वुहान प्रान्तमा लकडाउनका कारण लगभग ८ लाख मानिस प्रभावित बनेका छन्।

कोभिड सङ्क्रमण फैलिएपछि भवनहरू सील गरिॅंदै छन् र जिल्लाहरू पनि बन्द गरिॅंदै छन्। प्रतिबन्ध बढाइएपछि लाखौँ मानिसहरू विभिन्न समस्याले ग्रस्त छन्। चीनमा देशभरि कोरोना भाइरसको एक हजार भन्दा बढी मामिला देखिएको छ।

यो वर्षको सुरुआतमा साङ्घाईमा कोरोना भाइरसको मामिलामा केही बढोत्तरी देखिएको थियो। यसपछि सरकारले सहरमा लकडाउन गर्नु परेको थियो। ओमिक्रोन भेरियन्टले संसारकै दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था र वित्तीय बजारलाई निकै प्रभावित गरेको छ।

आर्थिक गतिविधिको दृष्टिले चाइनाको चौथो सबैभन्दा ठूलो सहर र ग्वांगडोङको प्रान्तीय राजधानी ग्वांगझूले बिहीवार प्रतिबन्धहरूलाई अझ कडा गरेको छ। ग्वांगझोमा सडक र गल्लीहरू सील गरिएका छन्। मानिसहरूलाई आफ्नो घरमा बस्ने सल्लाह दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ