arrow

बलुच अधिकारकर्मीहरूमाथि अदालत अगाडि नै सशस्त्र हमला, २ को मृत्यु

logo
एजेन्सी,
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
balochistan-pakistan-army-soldiers-killed.jpg
फाइल तस्बिर

इस्लामवाद।  पाकिस्तानको बलूचिस्तानस्थित क्वेटा सहरमा अदालत बाहिर नै सशस्त्र हमला भएको छ। हमलामा दुई जनाको मृत्यु भएको छ भने सात जना गम्भीर रूपमा घाइते भएका छन्।

पाकिस्तानको बलूचिस्तान प्रान्त लामो समयदेखि अशान्त छ। यहाँ छुट्टै बलूच राष्ट्रको मागलाई लिएर आन्दोलन चलिरहेको छ। यहाँको सत्र अदालत बाहिर सशस्त्र हमला भएको छ।

हमलामा घाइते सरदार नसीम तरीन अनुसार, उनी अदालतमा सुनवाइपछि बाहिर आइरहेका थिए। त्यही समय अज्ञात व्यक्तिले हमला गरे। हमला पहिला अदालत परिसरमा भयो। बाहिर पनि अरू हमला गर्नेहरू थिए। अदालतबाट बाहिर निक्लिएपछि अरू हमलाकर्ताले गोली चलाए, जसमा दुई जनाको मृत्यु भयो।

बलूचिस्तानमा यसरी हमला हुनु कुनै नयाँ कुरा होइन। १९४७ मा पाकिस्तान बनेपछि स्वतन्त्र बलूचिस्तानको माग हुनु थालेको थियो। गत केही समयदेखि यो माग उग्र अनि हिंसक बन्न थालेको छ। गत एक वर्षदेखि लगभग प्रत्येक महिना कुनै ठूलो हिंसक घटना हुँदै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ