arrow

सरहाना श्रेष्ठ न्यूयोर्क विधानसभा सदस्यमा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
Sarahana Shrestha.jpg

काठमाडौं । अमेरिकास्थित न्यूयोर्कको एसोपसकी नेपाली मुलकी सरहाना श्रेष्ठ न्यूयोर्क राज्यको विधान सभामा विजयी बनेकी छिन् । राज्य निर्वाचन बोर्डको अनौपचारिक नतिजा आएसँगै श्रेष्ठले सामाजिक सञ्जालबाट आफू विजयी भएको जानकारी दिएकी छिन् ।

डेमोक्र्याटबाट उम्मेदवार बनेकी श्रेष्ठले रिपब्लिकनका उम्मेदवार अल्स्टर नगरका प्याट्रिक शिहानलाई पराजित गरेकी हुन् । श्रेष्ठले १०३ औं विधानसभा जिल्ला सिटमा ३५ हजार ४९३ ल्याएर जित हात पारिन् भने अल्स्टर नगरका प्याट्रिक शिहानले २३ हजार १०४ मत पाएका छन् ।

गत जुनमा श्रेष्ठले नोभेम्बर ८ को मतपत्रको लागि डेमोक्रेटिक मनोनयन प्राप्त गर्न प्राइमरीमा लामो समयदेखि एसेम्बली सदस्य केभिन काहिल, डी किङ्स्टनलाई पराजित गरेकी थिइन् ।

नेपाली मूलकी श्रेष्ठ सन् २०१९ मा मात्रै अमेरिकी नागरिक बनेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ