arrow

अमेरिकामा चुनाव चलिरहँदा उत्तर कोरियाले हान्यो अर्को मिसाइल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
north-korea2.jpg

काठमाडौं । उत्तर कोरियाले देशको पूर्वी तटबाट समुद्रतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । बुधबारको यो मिसाइल प्रहारसँगै उत्तर कोरियाले गत हप्ता शुरु गरेको मिसाइल प्रक्षेपणको लहर पछि ३० भन्दा बढी मिसाइल प्रक्षेपण गरिसकेको छ ।

दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले बुधवारको प्रक्षेपणको बारेमा तत्काल थप विवरण भने दिएको छैन । जापानको सागर पनि भनिने पूर्वी सागरमा क्षेप्यास्त्र प्रहार गरिएको हो ।

जापानको क्योडो समाचार एजेन्सीले जापानी सरकारी स्रोतलाई उद्धृत गर्दै मिसाइल जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेको उल्लेख गरेको छ । जापानको कोस्ट गार्डले पनि क्षेप्यास्त्रलाई ट्र्याक गरेको र यो पहिलो पटक प्रक्षेपण भएको केही मिनेटपछि समुद्रमा खसेको बताएको छ।

मंगलबार अमेरिकामा मध्यावधि चुनावका लागि मत खसालिएपछि आज मतगणना जारी रहेको छ । सियोलको जासुसी एजेन्सीले यसअघि अमेरिकामा चुनाव हुँदा किम जोङ उनले लामो समयदेखि अपेक्षित परमाणु हतियार परीक्षण गर्न सक्ने चेतावनी दिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ