arrow

तत्काल कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न महासंघको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
fncci-building-123.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले माग गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै महासंघले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक समक्ष बजारको न्यून मागका कारण व्यापार व्यवसाय प्रभावित भैरहेका बेला बढेको ब्याजदर र यही कार्तिकबाट केन्द्रीय बैंकले लागु गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको भन्दै ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न जोडदार माग गरेको हो ।  

महासंघले भनेको छ, ‘तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला–नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यवद्धता पनि जाहेर गर्दछ । तर यही मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गैरहेको र लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको विषयलाई मनन गर्दै हाल संचालित विरोधका कार्यक्रम स्थगित गर्न महासंघ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गर्दछ ।’

महासंघले निर्वाचन सफल पार्न आ–आप्mनो क्षेत्रबाट सहयोग पुर्याउन पनि आग्रह गरेको छ । महासंघ अगाडि भन्छ, ‘निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसँग सम्वादमा रहनेछ । वार्ता एवं सम्वादका माध्यमबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुनेमा महासंघ विश्वस्त छ ।’

चेतावनी दिँदै महासंघले अन्त्यमा भनेको छ, ‘निर्वाचन पछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्नेछ ।’ 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ