arrow

जी२० सम्मेलनमा पुटिन नजाने, विदेश मन्त्रीलाई पठाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
putin-kazakhstan-2022.jpeg

जकार्ता ।  जी२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नजाने भएका छन् । सम्मेलनमा राष्ट्रपति पुटिनले  विदेशमन्त्री सर्गेई लाभरोभलाई पठाउने भएका छन् । 

यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा जी२० शिखर सम्मेलन हुदैछ ।  पश्चिमा राष्ट्र र युक्रेनले सम्मेलन आयोजक इण्डोनेसियालाई मस्कोको निन्दा गर्न र पुटिनलाई दिएको निमन्त्रणा फिर्ता लिन दबाब दिएका बेला राष्ट्रपति पुटिन सम्मेलनमा सहभागी नहुने समाचार सार्वजनिक हुनुलाई कूटनीतिक वृत्तमा चासोकासाथ हेरिएको छ । 

यद्यपि जकार्ताले उक्त दबाबको प्रतिरोध गर्दै तटस्थ रहने मानसिकता प्रस्तुत गरेको थियो । त्यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसलाई समूहबाटै निष्कासन गर्न आह्वान गरेका थिए ।  

इण्डोनेसियाले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई शिखर सम्मेलनमा अतिथिको रूपमा भाग लिन निम्तो दिएको छ । राष्ट्रपति जेलेन्स्कीले रूसी राष्ट्रपति शिखर बैठकमा सहभागी भएमा आफू सहभागी नहुने उद्घोष गरेको केवल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ । सिएनएनका अनुसार युक्रेनी नेताले शिखर बैठकमा भाग लिने अपेक्षा गरिएको छ । 

तीनदेशले यो वर्ष सम्मेलनको मूल ‘अर्थतन्त्रलाई एकसाथ पुनः पुरानै अवस्थामा फर्काउने र पुनः सुदृढ तुल्याउने’ तय गरेका छन् । कोभिड–१९का कारण शिथिल भएको विश्वअर्थतन्त्रलाई पुनःचलायमान बनाउने उद्देश्यका साथ उक्त नारा निर्धारण गरिएको हो । 

अघिल्लो वर्षको सम्मेलन आयोजक राष्ट्र इटाली, हालको अध्यक्ष इण्डोनेशिया र आगामी वर्ष समूहको अध्यक्षता गर्ने भारतले सम्मेलनका कार्यसूची पारस्परिक परामर्शमा निर्धारण गर्ने प्रचलन छ । भारतले आगामी मङ्सिर १५ गतेदेखि समूहको अध्यक्षता गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ