arrow

चुनावी दौडबाट समय निकालेर गृहमन्त्री खाँण कुस्ती अखडामा

logo
नारायण वली,
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
khan mantri 7.jpg

रुपन्देही । देशमा आगामी मंसिर ४ गते हुन लागेको चुनावी सरगर्मी निकै तातिँदै गएका बेला गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले निर्वाचन प्रचार प्रसारबाट समय निकालेर मौलिक खेल कुस्ती अखडामा पुगेर नेपाल र भारतका कुस्ती खेलाडीहरुको खेललाई शुक्रबार नियाले ।

भैरहवामा सञ्चालन भइरहेको महोत्सवमा आयोजना गरिएको कुस्ती प्रतियोगिता हेर्न गृहमन्त्री खाँण टिकट काटेर गएका थिए । कुस्ती खेलको उद्घाटन गर्दै, गृहमन्त्री खाँणले देशमा कुस्ती खेलको विकासका लागि निर्वाचित भएर गएपछि प्राथमिकतामा राखेर काम गर्ने बताए । उद्घाटन पश्चात् शुरु भएको नेपाल–भारत प्रतियोगितामा नेपालले भारतका पहलमानलाई हराएपछि खुशी भएका खाँणले नेपाली पहलमान विजेता देव थापालाई धन्यवाद दिँदै पुरस्कारसमेत दिएका थिए ।

गृहमन्त्री खाँणले पुरस्कार दिँदै पहलमान थापालाई कुस्ती खेलमा नेपालको शान थप्दै गएकाले आगामी दिनमा थप प्रगति होस भनेर शुभकामना दिँदै, स्वास्थ्यका लागि उक्त खेल फाइदाजनक भएको र खेलले युवाहरुलाई कुलतबाट टाढा बनाउने भएकाले खेल क्षेत्रको उत्थानका लागि योजना बनाउने जिकिर गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ