- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बैतडी । सुदूरपश्चिम प्रदेश आज राति ५ दशमलव ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ । राति ८ बजेर १२ मिनेटमा गएको भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलालीलगायत जिल्लामा महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बझाङको पटादेवल केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको क्षेतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र कात्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर छ जनाले ज्यान गुमाएका थिए ।
उक्त धक्का भारतमा पनि महसुस गरिएको छ । दिल्लीमा उक्त भूकम्पको तीव्रता ५.४ रेक्टर स्केल मापन भएको छ । पाँच सेकेन्डसम्म दिल्लीलाई हल्लाएको स्थानीयलाई उधृत गर्दै संचारमाध्यमहरुले लेखेका छन् ।