arrow

रुपन्देहीमा सुरक्षा व्यवस्था कडा, निर्वाचन आचारसंहिता चुस्त

logo
नारायण वली,
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
security-rupendehi.jpg

रुपन्देही । रुपन्देहीमा निर्वाचन आचारसंहिता पूर्णरुपमा लागू गर्न सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाउँदै कही कतै उल्लङ्घन भएका कारबाहीको भागीदार हुने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले भैरहवामा आयोजना गरेको "शान्त, स्वच्छ र निष्पक्षको लागि हाम्रो अभियान" विषयक साक्षात्कारमा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै रुपन्देहीका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश कृष्ण कोइरालाले जिल्लामा आचारसंहिताका उजुरी खासै ठुला नआएको र सामान्य किसिमका आएकाले दलहरूलाई बोलाएर संवादका मार्फत सुल्झाएको बताए । 

उनले पहिले हुने निर्वाचनमा लागू भएका आचारसंहिताका बुँदाहरूलाई दलहरूले कार्यान्वयन गरेको तर नयाँ थप भएका केही बुँदाहरूलाई पालना नगरेको पाइएपछि दलका प्रमुखहरूलाई ध्यानाकर्षण गराएको जनाए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निर्वाचनलाई भयरहित बनाउनका लागि जिल्लामा चारै तहका सुरक्षा निकायहरूलाई सतर्क बनाएको उल्लेख गर्दै, आगामी निर्वाचनलाई बहिष्कार गर्न घोषणा गरेका दलहरूको प्रभाव जिल्लामा शून्य पार्ने भएकाले ढुक्क भएर मतदान गर्न आह्वान गरे । प्रमुख जिल्ला अधिकारी पाण्डेले रुपन्देहीमा १ हजार ७ सय जनपथ प्रहरी, सशस्त्र प्रहरी ८ सय ८८, म्यादी प्रहरी १ हजार ३ सय ९५, ८ हजारभन्दा बढी कर्मचारी र सेनालाई आवश्यकता अनुसार प्रयोग गरिने जानकारी गराए ।

जिल्लामा २ सय १३ मतदान स्थल, ७ सय ६ बुथ केन्द्र तोकिएको छ । जिल्लाको दक्षिण तर्फको नेपाल भारत सीमा नाकालाई उच्च सतर्कता अपनाउँदै भारतीय सुरक्षा प्रमुखहरूसँग बैठक बसेर दुवै देशका सुरक्षाकर्मीहरूले संयुक्त गस्ती गर्ने गरी मङ्सिर १ गतेदेखि ४ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बताए । 

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई आफ्नो पार्टीले विशेष ध्यान बताउँदै हालसम्म आचारसंहिता पूर्णरुपमा पालना गरेको दाबी गरे । उनले आफ्नो पार्टीले नगर, क्षेत्र हुँदै टोलसम्म कहिकतै त्रुटि नगर्नको लागि निर्देशन दिएको बताए । उनले केही कमजोरी भएका सम्बन्धित निकायलाई सुझाव दिन आग्रह गर्दै कारबाही गर्ने निकायले दलहरू आग्रह पूर्वाग्रह गरेर कारबाही गर्न नहुने माग राखे । 

कार्यक्रममा नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला सदस्य फैज अहमद खाँनले सत्ता गठबन्धन दलहरू निर्वाचन आचार संहिता लागु पर्नेमा पटक पटक छलफल भएको कुनै शङ्का गर्न नहुने बताए ।उनले गठबन्धन दलहरू लागु गर्नको लागि प्रतिबद्ध रहेको जिकिर गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ