arrow

बाइडेन र सीबीच बालीमा पहिलाे पटक आमने-सामने वार्ता हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
joe-biden-xi-jinping-bali-g20.jpg

काठमाडौं । इन्डोनेसियाको बालीमा मङ्गलवार(भोलि) र पर्सी हुन लागेको विश्वका प्रमुख २० अर्थतन्त्रहरूको समूह जी-२०को शिखर सम्मेलन अघि अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ता हुने भएको छ ।

दुवै देशबीचको सम्बन्ध निकै नै तनावग्रस्त रहेका बेला बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हालेयता सीसँग पहिलो पटक सोमबार आमने-सामने वार्ता हुन लागेको हो ।

दुवै नेताहरुबीच ताइवान, युक्रेन र उत्तर कोरियाको आणविक महत्त्वाकाङ्क्षाका मुद्दाहरूमा छलफल हुने ठानिएको छ । जी-२० सम्मेलनमा यस पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नरहने भएका छन् ।

रुसी विदेश मन्त्री सर्गेई लाभरोभले जी-२० सम्मेलनमा रुसी राष्ट्रपतिको प्रतिनिधित्व गर्नेछन् । क्रेमलिनले पुटिन व्यस्त भएका कारण सहभागी नहुन सक्ने बताएको छ ।

सीसँगको भेटघाटको पूर्व सन्ध्यामा बाइडेनले कम्बोडियामा एसियाली नेताहरूलाई चीनसँगको अमेरिकी सञ्चार लाइनहरू द्वन्द्व रोक्न खुला रहने र आगामी दिनहरूमा कडा वार्ताहरू लगभग निश्चित रूपमा हुने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ