arrow

पुटिनले दिए १० बढी सन्तान भएका महिलालाई सोभियत युगको ‘मदर हिरोइन’ अवार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
mother-heroine.jpg

काठमाडौं । १० भन्दा बढी सन्तान भएकी महिलालाई दिइने सोभियतकालीन उपाधि 'मदर हिरोइन'को पुनरुत्थान गरेको केही महिनापछि रुसी राष्ट्रपति भ्लादिमिरले अन्ततः दशकौंपछि पहिलो पटक यो पुरस्कार हस्तान्तरण गरेका छन् ।

क्रेमलिनले एक आदेशमा यो उपाधि 'परिवारको संस्थालाई बलियो बनाउन र बच्चा हुर्काउनमा उत्कृष्ट गुणहरूको लागि' प्रदान गरिएको जनाएको छ । 

एएफपीकाअनुसार अवार्ड प्राप्त गर्नेमा पुटिनका सहयोगी रमजान कादिरोभकी पत्नी मेदनी कादिरोभा रहेकी छिन् ।

कादिरोभ हाल चेचन गणतन्त्रको प्रमुखको रूपमा सेवा गरिरहेका राजनीतिज्ञ हुन् । उनले आफ्ना किशोर छोराहरूलाई पुटिनको युक्रेन अभियानको लागि फ्रन्टलाइनमा पठाउने वाचा पनि गरेका छन् ।

मानार्थ उपाधिको अर्की प्राप्तकर्ता आर्कटिक यामालो नेनेट्स क्षेत्रकी एक अझै नाम सार्वजनिक नभएकी महिला रहेको एएफपीले जनाएको छ ।

सोभियत युगको यो उपाधिलाई गत अगस्तमा पुटिनले पुनर्जीवित गरेका थिए। त्यसयता यो पहिलो पटक यी दुई महिलालाई दिइएको हो । रुसी समाचार एजेन्सीहरुका अनुसार यो उपाधि पाउने महिलाले १० लाख रुसी रुबलसमेत प्राप्त गर्ने छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ