arrow

पोल्याण्डमा रुसले मिसाइल हान्यो, विश्वभरका नेता आपत्कालीन बैठकमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
russian-missile-poland.jpg

काठमाडौं । पोल्याण्डमा युक्रेनी सीमानजिकै मिसाइल खसेपछि दुई जनाको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पोल्याण्डले आफ्नो भूमिमा खसेको मिसाइल रुसी हुनसक्ने भनेको छ, यद्यपि, आधिकारिक पुष्टि भने भएको छैन ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्किीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध चर्काउन खोज्दै पोल्याण्डमा मिसाइल हानेको भनेका छन् ।

रुसको रक्षा मन्त्रालयले यो रिपोर्टको खण्डन गर्दै तनाव 'बढाउने उद्देश्यले जानाजानी उक्साहट' भएको बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यो घटनाबारे कुनै जानकारी नभएको बताएका छन् ।

अमेरिका, नेटो र अन्य अन्तर्राष्ट्रिय शक्तिहरूले के भएको थियो भनेर अनुसन्धान गरिरहेको बताएका छन् । पोल्याण्ड ३० पश्चिमा राष्ट्रहरूको सैन्य गठबन्धन नेटोको सदस्य हो ।

यो घटनाले नेटोको धारा ५ जसले कुनै एक राष्ट्रमाथिको आक्रमणलाई सबै ३० राष्ट्रमाथिको आक्रमण मान्दै त्यसको रक्षामा जान भन्छ, त्यसलाई उक्साउन थ्रेसहोल्ड पूरा नगर्ने बताइएको छ ।

यसबीच विश्वका प्रमुख २० अर्थतन्त्र रुका राष्ट्र प्रमुख इन्डोनेसियाको बालीमा जी२० शिखर सम्मेलनका लागि हिजोदेखि भेला भएका छन् । त्यहाँ रहेका विश्वका नेताहरू अहिले आपतकालिन रूपमा भेला भएका छन्, र उनीहरू आफ्ना रक्षा र विदेश मन्त्रीहरूसँग फोनमा कुरा गरिरहेका छन् ।

पोल्याण्डको अवस्थाबारे छलफल गर्न जी७ का नेताहरूले बालिमै तुरुन्तै बैठक बसेका छन् । यो स्थितिले युक्रेन युद्धलाई कुन दिशामा लैजान सक्छ भन्ने समयले नै देखाउने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ