- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वाली । भारतले १८ औँ जी-२० शिखर सम्मेलन आयोजना गर्ने भएको छ। अठारौँ शिखर सम्मेलन भारतका विभिन्न शहरमा आयोजना गरिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।
समूह बीसका नामले परिचित विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी-२०को सत्रौँ शिखर सम्मेलनले समूहको अध्यक्षता भारतलाई हस्तान्तरण गरेको छ ।
समूहका अध्यक्ष एवम् इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले शिखर बैठक समापन समारोहमा प्रधानमन्त्री मोदीलाई औपचारिक रूपमा समूहको अध्यक्षता हस्तान्तरण गरेका हुन्।
जी-२०को अध्यक्षता सम्हाल्नु भारत र हरेक भारतीय नागरिकका निम्ति गर्वको विषय भएको बताउँदै अठारौँ शिखर सम्मेलन भारतका विभिन्न शहरमा आयोजना गरिने तथा समूहलाई परिवर्तनको संवाहक बनाउन उत्प्रेरक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।