arrow

केपी ओली भन्छन् – लोकतन्त्रलाई सबल बनाउन निजी क्षेत्रको विकास आवश्यक [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
kp-oli-2079-08-01.jpg

मोरङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सबल बनाउन निजी क्षेत्रको विकास आवश्यक रहेको बताएका छन् ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटी मोरङद्वारा बिहीबार राति विराटनगरमा आयोजित उद्योग, व्यवसायी र बुद्धिजीवीहरुको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले निजी क्षेत्रलाई फक्रने अनुकुल वातावरण निर्माण गरेमा राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विचार राखे । 

नेकपा एमालेका अध्यक्ष ओलीले भौतिक पूर्वाधार बिना मुलुकको विकास संभव नभएको चर्चा गर्दै उद्योगको समस्या राष्ट्रको समस्या भएकाले पार्टीले समाधानमा पहल गर्ने बताए । 

उनले उद्योग स्थापनाका लागि आवश्यक जग्गा सरकारले सहज एवं सस्तो रुपमा लिजमा उपलब्ध गराउनु पर्नेमा जोड दिँदै लागत कम गर्न आवश्यक औद्योगिक मेशिनरी आयातका लागि भन्सार छुट लगायतको व्यवस्थामा हुनु पर्ने धारणा राखे । 

एमाले अध्यक्ष ओलीले नेपाली जुटका उत्पादन भारतमा सहज पुर्याउन आफनो पहल भएको चर्चा गर्दै नेपाली कच्चा चियापत्ति निर्यातमा भारतले लगाएका ४० थप दस्तुर महशुल हटाउन गरेको कार्य सफल भएको जानकारी दिए । 

उद्योग सङ्घठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, नेपाल साना तथा घरेल उद्योग महासङ्घ मोरङका अध्यक्ष चेतन निरौला, नेपाल उद्योग परिसङ्घका प्रदेश अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष देवेन्द्रराज काडियाले लगानी मैत्री वातावरणको लागि स्थानीय उद्योगको समस्या समाधान गर्नुपर्ने धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ