arrow

स्थलयुद्धमा सैनिक पराजित भएपछि रुसद्वारा हवाई आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
russian- Kinzhal hypersonic missile.jpg

किभ । स्थलयुद्धमा रुसी सैनिक पराजित भएपछि क्रेमलिनले युक्रेनमाथि हवाई आक्रमणलाई व्यापक बनाउँदै लगेको छ । 

रुसले गरेको पछिल्लो हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ । 

युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन् । 

किएभको सैनिक प्रशासनले दुई वटा रुसी क्षेप्यास्त्र तथा इरानमा बनेका पाँच वटा मानवरहित विमान खसालेको बताएको छ । युक्रेनमाथि हवाई आक्रमणलाई व्यापक बनाउँदै उसका ऊर्जा पूर्वाधार, गैरसैनिक बस्तीमा कारबाहीलाई तीव्र गतिमा अघि बाढएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ