- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा फर्मका प्रमुखले देशको विद्युत नेटवर्कमा माग घटाउन मानिसहरूले देश छोड्ने विचार गर्नुपर्ने बताएका छन् ।
'यदि उनीहरूले अर्को तीन वा चार महिना बस्नको लागि वैकल्पिक ठाउँ फेला पार्न सक्छन् भने यो प्रणालीको लागि धेरै उपयोगी हुनेछ,' डीटीईकेका प्रमुख कार्यकारी म्याक्सिम टिमचेन्कोले बीबीसीलाई भनेका छन् ।
रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा प्रणालीमा क्षति पुगेको छ । जाडोमा तापक्रम घट्दा लाखौं मानिसहरु विद्युतविहीन भएका छन् ।
लोडसेडिंग युक्रेनका धेरै भागहरुमा सामान्य बनेको छ । यस हप्ताको शुरुमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आक्रमणहरू युक्रेनले रुससँग वार्ता गर्न अस्वीकार गरेको परिणाम भएको बताएका थिए ।
धेरै पश्चिमी नेताहरूले नागरिक पूर्वाधारलाई लक्षित गर्नु युद्ध अपराध भएको बताएका छन् ।
युक्रेनको एक चौथाई भन्दा बढी बिजुली आपूर्ति गर्ने कम्पनीका प्रमुख टिमचेन्कोले विद्युत खपत घटाउनु मात्रै एउटा विकल्प भएको बताएका छन् ।
सरकारले ओभन र वाशिङ मेसिन जस्ता घरेलु उपकरणको प्रयोगलाई सीमित गर्न मानिसहरूलाई आग्रह गरेको छ।
तर क्षतिग्रस्त ऊर्जा प्रणालीसँग हालको माग धान्ने उत्पादन समेत नहुँदा देश छोड्ने र खपत घटाउने जस्ता विकल्पहरु रुसविरुद्धको युद्ध जित्न मद्दत पुग्ने तरिकाले हेर्नुपर्ने बताएका छन् ।