arrow

आसियन संसद्का प्रमुखहरू कम्बोडियामा भेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
asean--country.jpg

नोम पेन्ह । दिगो, समावेशी रबलियो क्षेत्र प्रवद्र्धन गर्ने उपायबारे छलफल गर्न दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का संसदीय नेताहरू सोमबार यहाँ जम्मा बएका छन् ।

आसियान अन्तर–संसदीय सभा (४३औँ एआईपीए) को ४३औँ महासभाको उद्घाटन समारोहलाई दिएको शाही सन्देशमा कम्बोडियाका राजा नोरोदोम सिहामोनीले अन्तर–संसदीय कूटनीति, साझेदारी र सहयोग विस्तार र यस क्षेत्रको दिगो शान्ति र समृद्धि प्रवद्र्धन गर्न संसदीय कूटनीति, साझेदारी र सहयोग महत्वपूर्ण हुने बताएका छन् ।

“यस हप्ताको आइपाको ४३औँ महासभाको भेलाले हाम्रो क्षेत्रको लागि अझ शान्त र समृद्ध भविष्य प्राप्त गर्न वर्तमान चुनौती पार गर्न एकता र प्रतिबद्धताको वास्तविक भावना प्रतिबिम्बित गर्दछ,“ राजाले भने। “त्यस भविष्य प्राप्त गर्न हामीले राष्ट्रिय र क्षेत्रीय विकास प्रयासहरू दिगोपन, समावेशीता र लचिलोपनको अवधारणासँग राम्रोसँग मिल्दोजुल्दो छ भनी सुनिश्चित गर्नुपर्छ,” उनले थप जोड दिदै भने। 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले विश्वले भू– राजनीतिक गलगायत थुप्रै चुनौतीको सामना गरिरहेको बताएका छन् । 

राजनीतिक प्रतिस्पर्धा, युद्ध, व्यापार र आर्थिक ध्रुवीकरण, जलवायुपरिवर्तन र प्राकृतिक प्रकोपहरू लगायतका थुप्रे चुनौती आजका मुख्य चुनौती हुन् उनले भने । 

हुन सेनले ४३औँ एआईपीएले एआईपीए प्रतिनिधिहरूलाई एकतामा सहयोग सुदृढ गर्ने र यस क्षेत्रका जनताको हितका लागि नीतिगत सिफारिसहरू पहिचान गर्ने साझा उद्देश्यका साथ विस्तृत विषयमा छलफलमा सहभागी हुने अवसर प्रदान गरेको पनि बताएका छन् । 

कम्बोडियाको राष्ट्रियसभाका अध्यक्ष सम्देच हेङ साम्रिनले यस भेलाले यस क्षेत्रले सामना गर्ने अवरोध र चुनौतीहरूको बीचमा आसियान संसदबीचको ऐक्यबद्धता, मित्रता र निकट सहयोगको बलियो भावना झल्काएको बताएका छन् । आसियान समूहमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ