arrow

भूकम्पमा परी ४६ जनाको मृत्यु, सात सय घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
earthquake-indonesia-post-patient.jpg

जकार्ता । इण्डोनेशियाको मुख्य टापु जाभामा ५.६ रेक्टर स्केलको भूकम्प हुँदा छयालीस जनाको मृत्यु भएको छ भने सात सय जना घाइते भएका छन् । भूकम्पले दर्जनौँ भवन भत्काएको छ भने सुरक्षा अधिकारीहरूले प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षाका निम्ति सडकमा पठाएका छन् । 

भूकम्पमा परी गम्भीर घाइते भएका ४६ जनाको सियानजुर क्षेत्रीय अस्पतालमा मृत्यु भएको तथा अन्य सात सय जना घाइते भएका राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइका प्रमुख सुहार्यान्तोले बताएका छन् । 

सियानजुर वरपरका क्षेत्रका  धेरै स्थानमा पहिरो  खसेको, इस्लामिक आवासीय विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका स्थल र भवनहरू भत्केका छन् । 

सम्बन्धित निकाय राहत तथा उद्धारका साथै क्षति विवरण सङ्कलन गरिरहेकाले हताहती र क्षतिको पूर्ण विवरण प्राप्त भएको छैन । बृहत् जकार्तालगायत भूकम्पको धक्का महसुस गरिएका स्थानका उच्च भवनका आपत्कालीन ढोकार र सिँढीबाट मानिसहरू सुरक्षित स्थानतर्फ गएका दक्षिणी जर्कार्ताका एक कर्मचारी विदी प्रिमधानीले बताइन् । 

भूकम्पको धक्का निकै शाक्तिशाली  थियो । आफ्नो कार्यालय रहेको नवौं तलाबाट आफू आपत्कालीन भर्याङबाट सुरक्षित स्थानमा गएको उनले बताइन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ