arrow

वालिङमा आगलागी, तीन जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
aaglagi-ko-news-aa.jpeg
फाइल तस्वीर

स्याङजा । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १ खहरेस्थित मीनबहादुर हिताङको घरमा आज मंगलबार बिहान विद्युत सर्ट भई आगलागी भएको छ । सो आगलागीमा परि तीन जना घाइते भएका छन् । 

घाइते हुनेमा स्थानीय २८ वर्षीया सुनिता हिताङ, उनकै छोरीद्वय ७ वर्षीया आशिमा हिताङ र १८ महिनाकी छोरी यमरोजिया हिताङ छन् ।

घाइते तीनै जनाको वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

आगलागी हुँदा नगद, लत्ताकपडा, फर्निचर, सुनका गहना लगायतको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ