भूकम्पमा परी मृत्यु हुने २६८ पुगे, १५१ बेपत्ता, हजार बढी घाइते
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
827
Shares
बाली । इन्डोनेसियाको जाभा टापुमा गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउने र घाइते हुनेमा धेरैजसो बालबालिका रहेको उद्धारकर्ताहरूले बताएका छन् । भूकम्पमा परेर अहिलेसम्म २६८ जनाको मृत्यु भएको छ भने १ हजार जनाभन्दा बढी घाइते भएका छन् ।
भूकम्पपछि १५१ जना अझै हराइरहेका राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले जनाएको छ । भूकम्पका कारण २२ हजार घरमा क्षति पुगेको र प्रभावित क्षेत्रका ५८ हजारभन्दा बढीलाई सुरक्षित क्षेत्रमा लगिएको थियो ।
सोमबार जाभाको पहाडी क्षेत्रमा ५ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको थियो । पश्चिम जाभा प्रान्तको सियानजुर सहर नजिकको गाउँ नै पुरिएको थियो ।