arrow

कर सप्ताह सहितको राष्ट्रिय कर दिवस सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
national-tax-day.jpg

काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले मंसिर १ गतेदेखि कर सप्ताह शुरु गर्दै ७ गते (आज) राष्ट्रिय कर दिवस मनाउँदै समापन गरेको छ ।

'स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार: दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार' भन्ने नाराका साथ आन्तरिक राजस्व विभागले यस वर्षको राष्ट्रिय कर दिवस मनाएको हो ।

मंसिर १ देखि शुरु भएको राष्ट्रिय कर दिवस २०७९को कर सप्ताहको आज समापन कार्यक्रममा आन्तरिक राजस्व विभाग महानिर्देशक रितेशकुमार शाक्यले विभागको अबको उद्देश्य भनेकै करदाता आफैले स्वेच्छिक रुपमा कर तिर्न अभिप्रेरित गर्ने र कर भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउने रहेको बताएका छन् ।

राष्ट्रिय कर दिवसमा बोल्दै अर्थ मन्त्रालयका अर्थ सचिव कृष्णहरि पुष्करले कर क्षेत्रमा करदाताहरुका लागि आवश्यक र सरकारी स्तरबाट गर्नु पर्ने सुधारको विषयलाई उच्च राजनीतिक तहमा पुर्याएर सुधार गर्न अर्थ मन्त्रालयको तर्फबाट प्रतिबद्धता व्यक्त गरेका छन् ।

कर सप्ताह र राष्ट्रिय कर दिवसको अवसरमा राम्रो योगदान गर्ने करदाताहरुलाई सामाजिक र आर्थिक रुपमा सम्मान गर्ने कार्यक्रमलाई आगामी वर्षमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय कर दिवसका अवसरमा सरकारले आर्थिक वर्ष २०७७/७८ मा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत गरेर सबैभन्दा बढी कर तिरेका कम्पनी र व्यक्तिहरुलाई सम्मान गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ